ठुलो परिमाणको भारतीय नक्कली नोट सहित पाकिस्तानी पक्राउ

<span class='c1'>ठुलो परिमाणको भारतीय  नक्कली</span> <span class='c2'>नोट सहित पाकिस्तानी पक्राउ</span>

काठमाडौँ, ११ जेठ ।
प्रहरीले ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ३ जना पाकिस्तानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेश थापा क्षेत्रीले भारतीय नक्कली नोट ७ करोड ६७ लाख ९४ हजारसहित पाकिस्तानका नागरिकहरु मोहम्मद अख्तार, नदिया अनवार र नासिर उद्दिनलाई पक्राउ गरिएको जानकारी दिनु भएको हो । त्यसैगरी उनीहरुलाई रिसिभ गर्न विमानस्थल पुगेका नेपाली नागरिक युनिस अन्सारी, उनका साला सुयल खान र गाडी ड्राईभर सुदन रानाभाटलाई पनि प्रहरीले पक्राउ गरी आज अपरान्ह महानगरीय प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । निको र कालो दुई वटा सुटकेशमा राखिएको २ हजार दरका सो परिमाणको भारतीय नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको पनि महानगरीय प्रहरी कार्यालयले जनाएको छ । अन्सारी सहितको नेपाली नागरिकहरुको पनि सो नक्कली भारतीय नोट कारोबारमा संलग्नता देखिएको पनि डिआईजी क्षेत्रीले बताउनुभयो ।
अन्सारी यस अघि पनि नक्कली भारतीय नोटको कारोबार तथा लागूऔषध कारोबारको अभियोगमा थुनामा परेका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्