प्रदेश १ सरकार पूर्वबजेट छलफलपछि मात्र नीति तथा कार्यक्रम ल्याउने तयारीमा

<span class='c1'>प्रदेश १ सरकार पूर्वबजेट छलफलपछि मात्र</span> <span class='c2'>नीति तथा कार्यक्रम ल्याउने तयारीमा</span>

विराटनगर,१२ जेठ । प्रदेश १ सरकारले पूर्वबजेट छलफलपछि मात्र नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

सभामुख प्रदिपकुमार भण्डारीले कतिपय प्रदेशले पहिले नै नीति तथा कार्यक्रम ल्याईपछि मात्र बजेटमाथि छलफल चलाएको जानकारी दिंदै प्रदेश १ ले भने पूर्वबजेट छलफललाई नै टेकेर बजेट ल्याउने बताएका छन् । धनकुटाको भेडेटारमा शनिबार  नेपाल पत्रकार महासंघ प्रदेश १ र संसदीय पत्रकार मंच, विराटनगरले आयोजना गरेको संसदीय रिर्पोटिङ अभिमुखीकरण कार्यक्रममा सभामुख भण्डारीले भने,‘‘बजेट छलफललाई नै आधारबिन्दु बनाएर नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छौं ।

यसरी नै तयारी भएको छ ।’’ नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष तारानाथ दाहालले प्रदेशस्तरमा समेत अब संसदीय पत्रकारिताको ढोका खुलेको चर्चा गरे । उनले अब संघीयता कार्यान्वयनको चरणमा पुगेसंगै प्रदेशमा समेत संसदीय पत्रकारिताको महत्व बढेको बताए ।

महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिनाले विधागत दृष्टिले पत्रकारिताको क्षेत्र झन् फराकिलो भएको चर्चा गरे । महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले प्रदेश सरकार र पत्रकारबीच राम्रो सम्बन्ध हुनुपर्ने बताए । भने,‘‘तर, पत्रकारले सरकारका कमीकमजोरीलाई भने संधै निगरानी गर्नुपर्छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्