बुद्ध एयरले भोलिबाट कोलकत्ता उडान थाल्ने, गुवाहटीमा पनि उडाउने तयारी

<span class='c1'>बुद्ध एयरले भोलिबाट कोलकत्ता उडान</span> <span class='c2'>थाल्ने, गुवाहटीमा पनि उडाउने तयारी</span>

काठमाडौं, १२ जेठ। निजी लगानीको बुद्ध एयरले सोमबारदेखि कोलकाता उडान थाल्ने भएको छ । उडानको सम्पूर्ण तयारी पूरा भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार सुरुमा साताको तीन उडान हुनेछन् । सोमबार पूर्ण अक्कुपेन्सीमा उडाउने तयारी छ । बिहान आठ बजे नेपालबाट उड्ने जहाज १ घन्टा ३० मिनेट उडान दुरीमा कलकत्ता पुग्दैछ । कोलकातामा बुद्धले एटिआर ७२ जहाज उडाउँदै छ । कोलकातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछन् ।

बुद्धले बनारस र कोलकातापछि तेस्रो गन्तब्य गुवाहाटी बनाउने भएको छ । यस गन्तव्यमा भारतबाट सैद्धान्तिक सहमति दिइसकेको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र  बस्नेतले जानकारी दिए ।

भारतबाट औपचारिक सहमती आइसकेपछि दुई महिनाभित्र व्यवसायिक उडान थाल्ने कम्पनीले जानकारी दिएको छ । कोलकाता र गुवाहिटी दुबै गन्तव्यमा पर्यटकलाई प्राथमिकता दिएर उडान गर्ने तयारी कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्