विहानैदेखि राजमार्गमा एक पछि अर्को वम फेला, किन पक्राउ पर्दैनन् वम राख्ने व्यक्ति

<span class='c1'>विहानैदेखि राजमार्गमा एक पछि अर्को वम फेला,</span> <span class='c2'>किन पक्राउ पर्दैनन् वम राख्ने व्यक्ति</span>

प्रेम देवान

विराटनगर १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार बिहानैदेखि राजर्मागहरुमा एक पछि अर्को गर्दै बम फेला परेको छ ।
हिजो काठमान्डौमा ४ जनाको ज्यान जाने गरि भएको बम विस्फोटपछि आज विहानैेदेखि पूर्वका राजमार्गहरुमा एक पछि अर्को गर्दै बम फेला पर्नथालेको छ ।
आईतबार साँझ काठमाण्डौमा सो पार्टीले गराएको बिस्फोटबाट मानिसहरु थप त्रसित बनिरहेका बेला बन्दले झन त्रास फैलाएको छ । भोजपुरमा प्रहरी कारबाहीमा परी आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे मारिएपछि सरकारसँग बदला लिने चेतावनी दिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल बन्दसहितका चरणबद्ध संघर्ष कार्यक्रम घोषणा गरेका छ । यता बन्दका कारण विराटनगरबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन अन्यदिन भन्दा कम चलेका छन् । बजार खुला रहेपनि शैक्षिक संस्थाहरु भने ठप्प नै रहेको छ ।

अहिले सम्म कहाँ – कहाँ भेटियो बम

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दलाई सफल बनाउन विहानैदेखि राजमार्गहरुमा बम राखेर आम सर्वसाधरणलाई आतङकित बनाउन खोजिएको छ । विप्लप समुहले सोमबार विहानै विराटनगर ढाट नजिकै प्रेसर कुकर बम राखेको थियो । विराटनगर र बुढीगंगा गाउँपालिकाको बिचमा पर्ने पहाडगछ मार्गमा भेटिएको कुकर बम सुर्यदल थलाह व्यारेकको नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । उता मोरङको सुन्दरहरैंचा–७ ढडियास्थित पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बम फेला परेको थियो । फेला परेको बमलाई सेनाको टोलीले निष्कृय पारेको छ ।
त्यसैगरी मधुमल्ला र मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ बजार छेउ मधुमल्ला सडक खण्डमा बम जस्तै देखीने संकास्पद बस्तु फेला परेको छ ।
मधुमल्ला स्थित रहेको पेट्रोल पप्म नजिकै सिसाको २ वटा बोतलमा तार जाडेर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता डिएसपी घनस्याम श्रेष्ठले जानकारी दिनुभयो । शंकास्पद वस्तुको स्थानमा नेपाली सेना र प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद वस्तु बम हो या हैन याकिन नभईसको श्रेष्ठले जानकारी दिनभुयो ।
यसैविच इटहरी धरान सडक खण्डअन्र्तगतको सडकमा बम भेटिएको छ । आज विहानैबाट गस्तीमा खटिएको ईलाका प्रहरी कार्यालय इटहरीले विहान करीब ६ बजेको समयमा संकास्पद बस्तु भेटेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । दुईवटा पोका पारेर सडकको बीच भागमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार ‘मोबाईलमा टाईमर नै सेट गरेर बम राखिएको हुन सक्ने प्रहरी अनुमान गरेको छ ।

सुनसरीको इटहरीमा बम डिस्पोज भएको केहि घण्टा नवित्दै इटहरीमै पुःन बम फेला परेको छ । इटहरी १२ खनारमा बम भेटिएको छ । खनारमा बम भेटिए पछि डिस्पोजल टोली घट्नास्थलमा पुगेर अनुसन्धान गर्ने काम भईरहेको छ । उता झापा मा पनि दुई स्थानमा प्रेसर कुकर बम फेला परेको छ ।
राज मार्गमा एकपछि अर्को गर्दै बम राख्ने व्यक्ति अहिलेसम्म पहिचान गर्न सकेको छैन । प्रहरीले राजमार्गमा बम राख्ने व्यक्तिलाई समेत पक्राउ गर्न सकेको छैन । आम सर्वसाधरणलाई आतङ्गकित पार्ने गरी राजमार्गमा बम राख्ने व्यक्तिको सुक्षम तरिकाले खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मोरङ प्रवक्ता डिएसपी घनस्याम श्रेष्ठले जानकारी दिए । ‘हामीले राजमार्गका शंकास्पद विभिन्न स्थानमा विशेष प्रहरी परिचालन गरेका छौ ।’ उनले भने तर अहिले सम्म कोही त्यस्तो व्यक्ति पक्राउ भने परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्