विराटनगरको ए र वि प्लटमा बन्ने भयो सुविधा सम्पन्न ग्रिनरी पार्क

<span class='c1'>विराटनगरको ए र वि प्लटमा बन्ने</span> <span class='c2'>भयो सुविधा सम्पन्न ग्रिनरी पार्क</span>

विराटनगर, १३ जेष्ठ । विराटनगर महानगरपालिका ग्रिनरी पर्क निर्माण गर्ने भएको छ । विराटनगर ९ को ए र वि प्लटमा सुविधा सम्पन्न पार्कको सोमबार शिलन्यास गरेको हो ।
विराटनगर महानगरको ७० लाख र प्रदेश सभा सदस्य केदार कार्कीको क्षेत्र विकास कार्यक्रमबाट ४८ लाखको लागतमा पर्क बन्ने भएको हो ।

नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईलाले पार्कको शिलन्यास गरे । कार्यक्रममा प्रदेश सभा केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली, उप–प्रमुख ईन्दिरा कार्की, वडाध्यक्ष विश्वनाथ भगत लगायतले शिलन्यास कार्यक्रममा सहभागी जनाएका थिए ।
बिराटनगरको मुख्य बजारमा रहेको ए र वि प्लटको गुद्री बजार हटाए पछि लामो समय सो स्थान खाली थियो । ब्यापारिक भवन बनाउने योजना रहेको जनाएका बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले आपत्कालित अबस्थामा सुरक्षित स्थानको अभाव हुने भएपछि विराटनगर महानगरपालिकाले गे्रनरी पार्कको अवधारणा ल्याएको जानकारी दिए ।
१ कठ्ठा ६ धुर रहेको उक्त स्थानमा फाउन्टेन ग्रेनरी, फर्नर रेस्ट , फ्रि वाईफाई , सहित लाईटिङ प्रणाली भएको पार्क बन्ने विराटनगर महानगरपालिकाका ईन्जिनियर अर्जुन थापाले जानकारी दिए । सिलान्यास समारोहमा बोल्दै डा. कोईरालााले जनचाहाना अनुरुपमा संरचना बनाउनुपर्नेमा जोड दिए ।

प्रमुख सचेतक कार्कीले जनताको सेवालाई ध्यानमा राखेर पार्क निर्माण गर्न लागिएको स्पष्ट पारे । कार्यक्रममा बोल्दै मेयर पराजुलीले नगरबासीकालागि राम्रो उपहार हुने बताए ।
उप–मेयर इन्दिरा कार्कीले जनचाहाना अनुसार नै पार्क निर्माणको काम शुरु गरेको बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्