सडक दुर्घटनामा सैनिक जवानको मृत्यु

<span class='c1'>सडक दुर्घटनामा सैनिक</span> <span class='c2'>जवानको मृत्यु</span>

तनहुँ, १३ जेठ । तनहुँको शुक्लागण्डकी–२ गाछेपानीस्थित सडक दुर्घटनामा परी नेपाली सेनामा कार्यरत सैनिक जवानको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार इलामको माईजुमाई गाउँपालिका–३ का २६ वर्षीय शैलेश लिम्डुमको मृत्यु भएको हो । पोखरास्थित गौरीबक्स गुल्ममा कार्यरत शैलेश मे ५ प ९२९६ नम्बरको मोटरसाइकल पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग २ च ९६२२ नम्बरको दूध बोक्ने जिपसँग ठोकिएको थियो ।

सोमबार दिउसो भएको घटनामा परी घाइते जवानको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोईराला श्वासप्रश्वास केन्द्रमा मृत्यु भएको प्रहरीको भनाइ छ । बिदा सकेर कार्यालय जाने क्रममा घटना भएको  बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्