विराटनगर, १४ जेठ ।
विराटनगर आईपुगका नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले विप्लब समुहलाई वार्तामा ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ ।
विराटनगरमा मंगलबार प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले यस्तो बताउनु भएको हो ।
उहाँले सरकारले विप्लव समूहलाई सहमतिमा ल्याउन कुनै पहल नगरेको बताउनु भयो । १० वर्षे शसस्त्र जनयुद्धको दर्दनाक अवस्थाबाट बल्लतल्ल मुक्ति पाएका नेपाली जनता र देशले अब कुनै किसीमको हिंसा सहन नसक्ने उहाँको भनाइ थियो । नेता सिटौलाले विप्लब समुहले नेपालमा नयाँ ढंगले हिंसा र आतंक सुरु गरेको भन्दै चिन्ता समेत ब्यक्त गर्नुभयो ।
घटना घटिसकेपछि प्रतिक्रिया दिनुभन्दा वार्ताका लागि सरकारले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारको एक वर्षमा कुनै प्रगति हाँसिल गर्न नसकेको उहाँको टिप्पणी थियो । नेता सिटौलाले संंवैधानिक व्यवस्थाहरुलाइ मजदुब बनाउने बाटोमा वर्तमान सरकार हिड्न नसकेको बताउनुभयो ।
संविधानले स्वतन्त्र र निष्पक्ष न्यायालयको कल्पना गरेको न्यायालय लगाउत संवैधानिक निकायहरुलाई स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्न नदिइएको उहाँले बताउनुभयो । कांग्रेसले सुरु गरेको जागरण अभियानले पार्टीलाई सकारात्मक उर्जा संचार गरेकाले यस विषयमा नकारात्मक टिप्पणी गर्न जरुरी नभएको उहाँले बताउनुभयो