विराटनगर, १४ जेठ ।
नेपाल बिद्युत प्रधिकरणको टंकीसिनवारी सब–स्टेशनको २ नम्बर ११ केभी ईनकमीङ ब्रेकरमा आगो लागेको छ । केहीबेर अघि टंकीसिनवारीमा नै रहेको सो ब्रेकरमा आगो लागेको हो ।
ब्रेकरमा आगो लागेरपछि कन्चनवारी, नहर, टंकी र एयरपोर्ट ११ केभीए फिडरहरु अबरुद्ध भएको नेपाल बिद्युत प्राधिकरण बिरराटनगर बितरण केन्द्रका निमित प्रमुख रबिन्द्र दासले जानकारी दिए । आगो लागेर बिद्युत प्राधिकरणमा क्षती पुगेकोले त्यसको प्राबिधिक बिषय मिलाउने काम भएकोले समय लाग्न सक्ने दासले बताए । जतिसक्दो जाँडो बिद्युत प्रसारण गर्ने प्रयास भईरहेको उनको भनाई छ। अहिले प्राबिधिक टोली साही स्थानमा खटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले ग्राहक बर्गमा पर्न जाने असुबिधा प्रति क्षमामा मागेको छ ।