लोकसेवाले निकाल्यो नौ हजार पदमा विज्ञापन

<span class='c1'>लोकसेवाले निकाल्यो नौ</span> <span class='c2'>हजार पदमा विज्ञापन</span>

काठमाडौँ, १५ जेठ । लोकसेवा आयोगले स्थानीय तहका लागि नौ हजार कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

आयोगले बुधबार स्थानीय तहमा रिक्त रहेका पदहरु पदपूर्ती गर्न प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल नौ हजार एक सय ६१ जनाका लागि आवेदन माग गरेको हो ।

लोक सेवा आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको छ । प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै रुपमा पदपूर्ती हुने गरी सूचना निकालेको हो ।

आयोगका अनुसार असार ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

दरखास्त दस्तुरका लागि तह ६ का लागि खुला १००० रुपैयाँ र समावेशी थप ४०० रुपैयाँ, तह ५ का लागि खुला ४०० र समावेशी रु २००, तह ४ का लागि खुलाका लागि रु ३०० समावेशीका लागि १५० तोकिएको छ ।

आयोगका अनुसार तह ४ र ५ का लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र तह ६ का लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, महिला तथा अपांगको हकमा ४० वर्ष नकटेकाले आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्