अत्याधिक गर्मी बढेपछि दाङमा केहिदिन पठनपाठन बन्द गरिने

<span class='c1'>अत्याधिक गर्मी बढेपछि दाङमा</span> <span class='c2'>केहिदिन पठनपाठन बन्द गरिने</span>

दाङ । अत्याधिक गर्मी बढेपछि दाङको घोराही उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयको पठनपाठन बन्द गरिने भएको छ ।

उपमहानगरपालिकाअन्तर्गतको शिक्षा समितिले अत्यधिक गर्मीले विद्यार्थीहरु बिरामी पर्न थालेको र विद्यालयमा उपस्थिति पनि न्यून हुँदै गएको भन्दै जेठ १६ गतेदेखि २१ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा समितिका अध्यक्ष नरुलाल चौधरीले गर्मी बढ्दै जाँदा पढाई प्रभावित भएको सूचना आएपछि बर्षे बिदा कटाउने गरी ५ दिन सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

यसअघि घोराहीका निजी विद्यालयहरुले हिजोदेखि शुक्रबारसम्म गर्मी बिदाइ दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्