आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस पनि , अहिलेसम्म ८ हजारले गरे सगरमाथामा सफल आरोहण

<span class='c1'>आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस पनि , अहिलेसम्म</span> <span class='c2'>८ हजारले गरे  सगरमाथामा सफल आरोहण</span>

काठमाडौं जेठ १५ । अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

८ हजार ८ सय ४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । सगरमाथाको सफल आरोहण भएको ६६ वर्ष पूरा भएको छ ।

दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन सगरमाथाको सफल आरोहण गरी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए ।

सोही दिनको सम्झनामा हरेक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिन्छ ।

सगरमाथा आरोहण इतिहासको यो अवधिमा ८ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

आरोहणका क्रममा हालसम्म २९० बढीको निधन भइसकेको बताइएको छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् ।

पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २४ औँ पटक आरोहण गरि विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्