बजेट बिशेष : बेरोजगारीलाई कम गर्न बजेटको फोकस , कर्मचारीको तलब कति बढ्ला ?

<span class='c1'>बजेट बिशेष : बेरोजगारीलाई कम गर्न बजेटको</span> <span class='c2'>फोकस , कर्मचारीको तलब कति बढ्ला ?</span>

काठमाडौं जेठ १५ , सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट प्रतिव्यक्ति आय १ हजार १ सय २० डलर बनाउने गरी ल्याउँदैछ । चालू आर्थिक बर्षको सर्वेक्षणले यो वर्ष प्रतिव्यक्ति आय १ हजार ३४ डलर रहने प्रक्षेपण गरेको छ । यस आधारमा सरकारले एक बर्षमै एक व्यक्तिको आम्दानी ८६ डलरले बढाउने महत्वकाँक्षी योजना बजेटमार्फत ल्याउँदैछ ।

 

 

योजना आयोगका सदस्य डा.रामकुमार फुयालले ६० वटा सूचकाङ्कलाई आधार मानेर बजेट ल्याउन लागेको बताए । चालू वर्ष ७ प्रतिशतको आर्थिक बृद्धिदर रहने अनुमान सरकारले गरेको छ तर आगामी बर्ष साढे ८ प्रतिशतको आर्थिक बृद्धिदरलाई फोकस गरेर बजेट आउने फुयालले बताए ।

यसैगरी व्यक्तिको औसत आयू ७०.५ वर्ष पुर्याउने बजेटकोमा उल्लेख हुनेछ । अहिले ७०.१ वर्ष अपेक्षित आयु छ ।  यसैगरी आगामी बजेटले सडक कालोपत्रेलाई पनि व्यापकता दिँदैछ । अहिले कालोपत्रे भएको सडक ८ हजार ३ सय १६ किलोमिटर छ । यसलाई एक बर्षमा ९ हजार ६ सय ५० किलोमिटर पुर्याउने बजेटको नीति हुनेछ । यता विद्युतको पहुँच विस्तारमा पनि बजेटले जोड दिँदैछ । आगामी बर्षसम्म विद्युतको पहुँच प्राप्त परिवार ९३.५ प्रतिशत बनाउने लक्ष्य बजेटले अघि सार्दैछ ।

यस्तै निरपेक्ष गरीबीलाई एक बर्षमा १६.१ प्रतिशतमा झारिसक्ने गरी बजेटले सम्बोधन गर्नेछ । यता राष्ट्रिय परिचयपत्र प्राप्त नेपालका नेपाली नागरिक ३० प्रतिशत पुर्याउने उच्च आकांक्षी योजना बजेटले ल्याउँदैछ । अहिले यस्तो नागरिकको संख्या १० प्रतिशत छ । यस्तै आगामी वर्ष श्रम उत्पादकत्व २१५ डलर हुनेछ । अहिले १९९.८ डलर छ । बेरोजगारीलाई कम गर्न बजेटको फोकस हुनेछ । बजेटले आगामी वर्ष बेरोजगारीदर ९.६ प्रतिशतमा झार्ने गरी प्रस्तुत हुँदैछ ।

बृद्धाभत्ता हजार रुपैयाँ बढाउने, कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने  आगामी आर्थिक बर्षको बजेटले बृद्धा भत्ता र कर्मचारीको तलब बृद्धि गर्ने निश्चित भइसकेको छ । हालसम्म बृद्धाभत्ता हजार रुपैयाँसम्म बढाउने तयारी छ । तर स्रोत नपुग्ने अवस्थामा भने ५ सय मात्र पनि बढ्न सक्ने योजना आयोगका एक अधिकारीले बताए । यता कर्मचारीको तलब पनि १५ देखि २५ प्रतिशतसम्म बढाउँने तयारी भएको ती अधिकारीले बताए ।

यस आधारमा पनि समाजिक सुरक्षा खर्च आगामी बर्ष १२.१ प्रतिशत हुने ती अधिकारीले बताए । अहिले सामाजिक सुरक्षा खर्च ११.७ प्रतिशत छ ।  सरकारका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार साँझ ४ बजे  संघीय संसदको प्रतिनिधिसभामा आगामी आर्थिक बर्षको बजेट पेश गर्दैछन् । बजेट १५ खर्ब देखि साढे १५ खर्बसम्म आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्