वीरगञ्जमा बालक अपहरणपछि हत्या, अभियुक्त भाग्न खोज्दा गोली प्रहार

<span class='c1'>वीरगञ्जमा बालक अपहरणपछि हत्या, अभियुक्त</span> <span class='c2'>भाग्न खोज्दा गोली प्रहार</span>

वीरगञ्ज,१५ जेठ ।  बालक अपहरणपछि हत्या घटनामा पक्राउ परेका अभियुक्त भाग्न खोजेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले मंगलवार राति गोली चलाएको छ ।

वीरगञ्जमा जेठ १० गते शुक्रवार भएको बच्चा अपहरण घटनाका अभियुक्त भाग्न खोजेपछि गोली प्रहार गरेर पुनः पक्राउ गरिएको छ ।

पक्राउ परेका अभियुक्त विकास शर्मा, सिकिन्दर भाग्न खोजेपछि गोली प्रहार गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले बताए । उनका अनुसार वीरगञ्जका शम्भु शाहका ८ वर्षीय छोरा करन शाहको अपहरणपछि हत्या घटनामा छानबिन भइरहेको छ । घटनामा रामदिनेश महतो समेत पक्राउ परेका छन् ।

‘घटना अनुसन्धानका क्रममा गएराति बालकको शव खोज्ने क्रममा अभियुक्तहरू भाग्न खोजेपछि गोली प्रहार गरिएको हो,’ डीआईजी पालले भने, ‘अभियुक्तको घुँडामा गोली लागेको छ, अस्पतालमा उपचार भइरहेको छ ।’

बालकका बुवा शम्भु शाहसँगको रिसइबीका कारण विकास शर्माको समूहले बालकको अपहरणपछि हत्या गरेको पाइएको उनले बताए । ‘बालकलाई टेम्पुमा राखेर अपहरण गरिएको थियो, पछि बच्चाको आवाज रेकर्ड गर्‍यो र मार्‍यो । त्यसपछि बुवालाई फिरौती माग्दै बार्गेनिङ हुँदा ५० लाखदेखि ५ लाखमा कुरा मिलेको देखिन्छ,’ उनले भने, ‘तर बच्चा फिर्ता नभएपछि घटना प्रहरीसम्म पुगेको छ ।’

प्रहरीले बालकको शव फेला पारिसकेको छ । प्रहरीले घटना अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्