फोटो अपडेट : यी नै हुन् ८ बर्षिय बालकलाई अपहरण पस्चात हत्या गर्ने भारत घर बताउने अभियुक्त

<span class='c1'>फोटो अपडेट : यी नै हुन् ८ बर्षिय बालकलाई</span> <span class='c2'>अपहरण पस्चात हत्या गर्ने भारत घर बताउने अभियुक्त</span>

वीरगञ्ज १५ जेठ । ८ वर्षीय बालकको अपहरण पश्चात हत्या गरि फिरौती माग गर्ने तीनजनालाई पर्सा प्रहरीले गोली प्रहार गरि पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्जबाट बालकको अपहरण पश्चात हत्या गरि फिरौती माग्ने भारत घर बताउने वीरगञ्जको प्रगतिनगर डेरा गरि बस्ने २१ वर्षीय विकास शर्मा र.बाराको कलैया उप महानगरपालिका वडा नं. ११ वस्ने २२ वर्षीय सिकेन्द्र साह तेली र बाराको खपरताता वस्ने २१ वर्षीय राम विनेश महतोलाई पक्राउ गरेको हो ।

उनीहरु तीनैजनाले वीरगञ्जको प्रगतिनगरका शम्भु साहको ८ वर्षीय छोरा करण साहको गएको शुक्रबार आफनै घर नजिकै खेरिहेको अवस्थामा अपहरण गरेका थिए । बालकको अपहरण पशचात उनीहरुले मोबाइल फोनबाट ३० लाख फिरौती माग गरेका थिए । ‘बालकको अपहरण पशचात अपहरणकारीहरुले ३० लाख रुपैयाँ फिरौती माग गरेका थिए’ पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘उनीहरुले अपहरणकै दिन बालकको हत्या गरेर फालिसकेका थिए ।’
अपहरण भएको घटनाको प्रहरीले सूचना पाए लगत्तै २ नम्बर प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले अपहरणमा संलग्न तीनजनालाई मंगलबार नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्