बर्दियाबाट तीन युवती बेपत्ता

<span class='c1'>बर्दियाबाट तीन</span> <span class='c2'>युवती बेपत्ता</span>

बर्दिया १५ जेठ । बर्दियाको मधुवन नगरपालिका–५ गाउँ नं. ११ बाट तीन महिला बेपत्ता भएका छन् । गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । उनीहरुमध्ये विनिता र सुनिता विवाहित हुन् भने टीका अविवाहित हुन् । अघिल्लो साँझ घरमै भएको बुहारी भोलिपल्ट बिहान ५ बजे ओछ्यानमा नभेटिएको नगरपालिका–५ गाउँ नं. ११ का भीमराज सापकोटाले बताए । सापकोटाले बिहान उठ्दा बुहारी नभेटिएको बताएका छन् । उनीहरुले प्रयोग गरेको मोबाइल ‘स्वीच्ड अफ’ छ । नेपालमा भएका सम्पूर्ण आफन्तलाई सम्पर्क गर्दासमेत फेला नपरेपछि आफन्तले इलाका प्रहरी कार्यालय सानोश्रीमा खोजबिनका लागि उजुरी दिएका छन् । माइती नेपाल नेपालगञ्जमा समेत खोजबिनका लागि निवेदन दर्ता गराएका छन् ।
बेपत्ता तीनै जनाको घर नजिकै छ । इलाका प्रहरी कार्यालय सानोश्रीका प्रहरी निरीक्षक गणेशमान खड्काले उनीहरुको हुलियाको आधारमा खोजीकार्य जारी रहेको बताए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बेपत्ताको खोजीका लागि सबै स्थानमा प्रहरी खटाइएको बताए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्