केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि बजेट यस्तो आयो

<span class='c1'>केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष</span> <span class='c2'>२०७६–७७ का लागि  बजेट यस्तो  आयो</span>

काठमाडौं १५ जेठ । केपी शर्मा ओली नेतृत्वको सरकारले आागामी आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते (बुधबार) संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । यो बजेट केपी ओली नेतृत्वको दुईतिहाई कम्युनिस्ट सरकारको तथा मुलुक संघीय संरचनामा संघीयताको पूर्ण कार्यान्वयन भएको दोस्रो बजेट हो ।
कुल वार्षिक विनियोजनमध्ये चालुतर्फ ९ खर्ब ५१ अर्ब १० करोड अर्थात् ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड ८२ लाख अर्थात् २६.९ प्रतिशत रहेको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत रहेको छ । आगामी आवमा ८.५ प्रतिशत आार्थिक वृद्धिदर र ६ प्रतिशत मुद्रास्फीति रहने प्रक्षेपण गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख र वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख बेहोर्दा ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख न्यून हुन्छ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा १ खर्ब ९५ अर्ब न्यून हुनेछ । सो न्यून पूर्ति गर्न आन्तरिक ऋणबाट बेहोरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्