नेपाल र भारतका साहित्यकारको विराटनगरमा जमघट

<span class='c1'>नेपाल र भारतका</span> <span class='c2'>साहित्यकारको विराटनगरमा जमघट</span>

विराटनगर, १६ जेठ । प्रचण्ड गर्मीको प्रवाह नगरी नेपाल र भारतका साहित्यकार विराटनगरमा जम्मा भएका छन् ।
दुई देशको भाषा र साहित्यलाई जोड्ने उद्देश्यका साथ साहित्यकारहरू विराटनगरमा जम्मा भएका हुन् । कवि लगन्नाथ गुरागाईं साहित्य प्रतिष्ठान र नेपाल भारतमैत्री संघको संयुक्त आयोजनामा वृहत ‘नेपाल–भारत साहित्य संगोष्ठी’का लागि साहित्यकारहरूको जमघट भएको हो ।

विराटनगर महानगरपालिकाको सभाहलमा भएको नेपाल भारत साहित्य संगोष्ठीको महानगरका मेयर भीम पराजुलीले उद्घाटन गरे । संगोष्ठीमा नेपाल भारत साहित्य अन्तरसम्बन्ध परिचर्चा, सिर्जनात्मक लेखनको अनुवाद, वार्ता प्रस्तुति र साहित्य पत्रकारिताका साझा चुनौती, परिसंवाद, बहुभाषिक काव्यसभा लगायतका विषयमा छलफल भएको थियो ।
महानगरका मेयर पराजुलीले भारतबाट आएका साहित्यकार डा. कुंवर सिंह, अशोक भाटी, डा. हेम लता, योगेस समदर्शी, राज सालयिा, कर्मविर तिगडानिया, अनिता भाटी, सुशील शैली, र मधु सिंहलाई सम्मान गरे । मेयर पराजुलीले भाषा र साहित्यले दुई देशलाई जनस्तरमा जोड्ने बताए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्राज्ञद्वय विवश पोखरेल, गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष राधिका गुरागाईं, सुरेश शर्मा, नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल र भारतका दुई दर्जनभन्दा बढी स्रष्टाहरूले कविता प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्