त्रिभुवन विमानस्थलमा एयर इन्डियाको जहाजले गर्‍यो ओभरसुट

<span class='c1'>त्रिभुवन विमानस्थलमा   एयर</span> <span class='c2'>इन्डियाको जहाजले गर्‍यो ओभरसुट</span>

काठमाडौं, १९ जेठ। त्रिभुवन विमानस्थलमा आइतबार विहान एयर इन्डियाको जहाजले ओभरसुट गर्‍यो । विमानले मिस एप्रोच (सही बाटो चिन्न नसक्नु) भएपछि विमानले ओभरसुट गरेको हो ।

विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरिन्छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विमानकै समस्याले मिस एप्रोच भएर ओभरसुट गरिएको बताए ।

एयरपोर्टका अन्य अधिकारीहरुले भने विमान दुर्घटनाबाट जोगिएको बताएका छन् । नयाँदिल्लीबाट आएको एयरबसको ए ३२०-२१४ सिरिजको जहाजले ओभरसुट गरेको हो ।

ओभरसुट सामान्य भएपनि आइतबारको ओभरसुट असामन्य देखिएको विमानस्थलका अधिकारीले बताएका छन् । विमान फेरि अवतरण गरेर यात्रु लिई पुनः दिल्ली उडेको छ । (onlinekhabar)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्