प्रदेश २ सरकारको नीति तथा कार्यक्रममा हिन्दी भाषा घुसाएको भन्दै विरोध

<span class='c1'>प्रदेश २ सरकारको नीति तथा कार्यक्रममा</span> <span class='c2'>हिन्दी भाषा घुसाएको भन्दै विरोध</span>

जनकपुर – प्रदेश नम्बर २ सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे सत्तारुढ दल तथा  प्रतिपक्षी दलका नेताहरूले असतुष्टी जनाएका छन् । सरकारले संसदमा प्रस्तुत गरेको २०७६/०७७ को नीति तथा कार्यक्रम सस्तो लोकप्रियता तथा निकै महत्वाकाँक्षी रहेको उनीहरुको आरोप छ ।

 

 

सरकारमा शामेल राजपा नेपालका प्रदेशसभा सदस्य मनिषकुमार सुमनले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रदेशको विकाससँग सम्बन्धित कुनै नयाँ योजना नीति तथा कार्यक्रममा समावेश नगरिएको गुनासो गरेका छन् ।

उनले चालू आर्थिक वर्षकै अधिकांश कार्यक्रमहरु समावेश गरिएको बताउँदै यो नीति तथा कार्यक्रम वितरणमुखी रहेको आरोप लगाए ।  यो नीति तथा कार्यक्रममा प्रदेशका धेरै समस्याहरुलाई छुटाएको आरोप उनले लगाए । उनले प्रदेशमा जारी रहेको नरबली, महिला हिंसा, बलात्कार, उद्योगपतिहरुलाई आकर्षिक गर्ने कार्यक्रम, उनीहरुको सुरक्षाको विषयमा यो कार्यक्रम मौन रहेको बताए ।

उनले नीति तथा कार्यक्रममा प्रयोग गरिएका शब्दहरुप्रति समेत आपत्ति जनाए । सुमनले यसमा अधिकांश हाइपोथेटिकल शब्दहरुको प्रयोग गरिएको आरोप लगाए । उनले नीति तथा कार्यक्रममा थुप्रै सुधार गर्नुपर्ने ठाउँ रहेको बताए ।

त्यस्तै नेकपाका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सम्पर्क भाषाको नाममा चाकडी गर्न खोजिरहेको आरोप लगाए । उनले सरकारमा हिन्दी मोहको नाममा चरम चाकरी गर्ने दाउहरु देखिएको बताए । उनले यसको कडा विरोध गर्ने जनाए ।

उनले पछिल्लो वर्ष पनि नीति तथा कार्यक्रम उत्कृष्ट भएपनि सो अनुसार बजेट खर्च हुन नसक्दा खासै उपलब्धि हासिल गर्न नसकेको चर्चा गर्दै यो नीति तथा कार्यक्रम कार्यान्वयनमा आउनेमा शंका व्यक्त गरे ।

नेपाली काँग्रेसका प्रमुख सचेतक शिवचन्द्र चौधरीले हावादारी तालमा नीति तथा कार्यक्रम तयार पारिएको आरोप लगाए । उनले यसमा कतिपय कार्यक्रमहरु संविधानसँग बाझिने प्रकारको रहेकोले यसको कार्यान्वयन हुनेमा शंका व्यक्त गरे ।

भौतिक विकास पूर्वाधारमन्त्री जितेन्द्र सोनलले नीति तथा कार्यक्रमको पक्षमा वकालत गर्दै राजपाभित्र कुनै किसिमको विवाद नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्