नेकपाको सचिवालय बैठक आज हुने

<span class='c1'>नेकपाको सचिवालय बैठक</span> <span class='c2'>आज हुने</span>

काठमाडौँ, जेठ २१ गते । गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई मङ्गलबारलाई सारिएको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे पटक पटक छलफल भइरहेको छ । अध्यक्षद्वय बीचमा आइतबार पनि छलफल भएको थियो । सोमबार बस्ने सचिलयको बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुङ्गो लगाउने विषयमा छलफल भएको थियो ।
दुई अध्यक्षको बीचमा छलफल नटुङ्गिएपछि सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । सोमबार पनि अध्यक्षद्वय बीच छलफल भयो ।

छलफमला सचिवालयका सदस्य एवं गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी हुनुहुन्थ्यो । बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रूप दिन पोलिटब्युरो गठन, कार्यविभाजन तथा बाँकी रहेका एकता टुङ्गो लगाउने विषयमा छलफल भएको जानकारी दिइन्छ । यसअघि जेठ १८ गतेका लागि सचिवालयको बैठक तय गरेको थियो तर अध्यक्षद्वय व्यस्त भएको कारण २० गतेका लागि सारिएको थियो । महासचिव विष्णु पौडेलले पोलिटब्युरो गठन तथा कार्यविभाजनको विषयमा नेताहरूको बीचमा अनौपचारिक छलफल भएको जानकारी दिनुभयो । पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटीबाट १४७ जना पोलिटब्युरो सदस्य चयन गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्