सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनुपर्छ

<span class='c1'>सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी</span> <span class='c2'>सेवा लिँदा घुस दिनुपर्छ</span>

सिरहा, २२ जेठ ।  सिरहामा ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनुपरेको राष्ट्रिय सतर्कता केन्द्रले गरेको सेवाग्राही सर्वेक्षणले सार्वजनिक गरेको छ । सिरहाका सरकारी कार्यालयमा सर्वाधिक घुस लेनदेन भइरहेको अवस्थामा अख्तियार अनुसन्धान आयोगले एक बर्षमा आधा दर्जन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले लहानको नापी शाखा, घरेलु तथा साना उद्योग कार्यालय, मालपोत सिरहा, जिल्ला समन्वय समितिका एक इन्जिनियरलाई, कल्याणपुर नगरपालिकालगायतका आधा दर्जन कर्मचारीलाई घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो । सिरहाको १७ स्थानीयतहमा १० वढी पालिकामाथी अख्तियारमा उजुरी परेको छ । सिरहाको अधिकाँश सरकारी कार्यालयमा सेवाग्राहीलाई घुस विना काम नगरिदिने अवस्था छ । रकारी अड्डामा मौलाएको घूसखोरीले सेवाग्राहीमा असन्तुष्टिको पारो पनि चर्को रहेको अध्ययनको निष्कर्ष छ ।

सतर्कता केन्द्रले सिरहा, बाग्लुङ, अर्घाखाँची, ओखलढुंगा चितवन र बैतडीलाई नमुना छनोट गरी सर्वेक्षण गर्दा सिरहामा सबैभन्दा धेरै ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनुपरेको बताएका हुन् । यस्तै अर्घाखाँचीमा १२ , ओखलढुंगामा ८ र बाग्लुङमा ५ प्रतिशत सेवाग्राहीले सरकारी कर्मचारीलाई घुस दिएर मात्रै काम गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्