आफ्नै बच्चा काँसघारीमा फाल्ने आमा उर्लावारी प्रहरीको नियन्त्रणमा

<span class='c1'>आफ्नै बच्चा काँसघारीमा फाल्ने</span> <span class='c2'>आमा उर्लावारी प्रहरीको नियन्त्रणमा</span>

विराटनगर, २४ जेठ ।
आफ्नै शिशुलाई खोलाको काँसघारीमा छाडेर भाग्ने आमालाई ईलाका प्रहरी कार्यालय उर्लावारीले पक्राउ गरेको छ । गत चैत २ गते आफैले जन्मदिएको शिशु बालकलाई मावाखोला काँसघारीमामा छाडेर भागेकी बालककी आमा माया राईलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तो छ घटना
मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ स्थित नव निर्मित बसपार्क छेऊको मावाखोलाको किनार काँसघारीमा फालिएको अबस्थामा २०७५ चेत २५ गते शिशु फेला परेको थियो । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी निरीक्षक समेतको टोलीले उक्त नावालकलाई उद्दार गरी गोदावारी हस्पिटल उर्लाबारीमा उपचारको लागि पठाएको थियो ।
बच्चाको आमा खोजतलास गर्दै जाने क्रममा ईलामको माङसेबुङ गाउँपालिका ६ स्थायी घर भई उर्लाबारी नगरपालिका ६ पानीटंकीका अमृत तामाङको घरमा बस्दै आएकी करिब ३० बर्षिय माया राईको रहेको अनुसन्धानबाट पत्ता लगायो ।
लामो समय खोजी गर्दापनि फेला नपरेकी शिशुकी खोज्ने क्रम प्रहरीले जारी नै राखेको थियो ।

नवजात शिशुलाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर ल्याईएकोमा शिशुकी आमा माया राई नोबेल अस्पतालमा आफै उपस्थित भएको समेत प्रहरीले पत्तापायो । तर नवजात शिशुको २८ गते बिहान उपचारको क्रममा मृत्यु भए पश्चात अस्पताल परिसरबाट निज मृतक नवजात शिशुको आमा माया राई भागेको प्रहरी बताउँछ । बैशाख २ गते ईलाका प्रहरी कार्यालय उर्लाबारीले उनका बिरुद्धमा मुलुकी फौजदारी कार्यबिधि ऐन २०७४ को परिच्छेद १२ को दफा १८४ बमोजिम जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्यो ।
बच्चाको मृत्यु पछि फरार रहेही मायाँलाई खोज्न भने प्रहरीले छाडेन । झापाको दमक नगरपालिका ७रतुवाखोला किनारामा रहेको सुकुम्बासी बस्तीमा बसोबास गर्दै आईरहेको भन्ने सुचनाको आधारमा निगरानी गर्दै जाँदा उनलाई उर्लावारी ५ हाटखोलाको शुक्रबारे बजारबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक राम तिमल्सिनाले जानकारी दिए ।
पक्राउ परेकी मायाँलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएका छ । प्रहरीले पक्राउ परेकी मायाँको २०७५ असारमा काठमाण्डौमा भेट भएका एक ब्यक्तिसँग प्रेम विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्