मोरङका पत्रकारले प्रधानमन्त्रीलाई हस्ताक्षर र ज्ञापन पत्र पठाए

<span class='c1'>मोरङका पत्रकारले प्रधानमन्त्रीलाई हस्ताक्षर र</span> <span class='c2'>ज्ञापन पत्र  पठाए</span>

विराटनगर ६ असार । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धि विधेयक फिर्ता गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मोरङले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
पत्रकार महासंघले गरेको दुई चरणको आन्दोलनको समीक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी रमेश केसी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । महासंघका जिल्ला अध्यक्ष बन्धु पोखरेलले प्रजिअ केसीलाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।
विराटनगर स्थित विरेन्द« सभागृह बाट पत्रकारहरुको टोली ब्यानर सहित जिल्ला प्रशासन कार्यालय पुगेको थियो । ज्ञापन पत्र दिनु अघि कार्यक्रममा बोल्दै महासचिव विबेक गौतमले विधयेक फिर्ता नभए कडा आन्दोलनमा उत्रिने बताउनु भयो ।
मोरङ शाखाका अध्यक्ष पोखरेलले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल कुनै हालतमा मान्य नहुने बताउन् भयो । उहाले नागरिक तथा पत्रकारको अभिव्यक्ति स्वतन्त्रतानै हनन गर्ने गरि संसदमा पेस गरेको विधेयक खारिज हुनु पर्नेमा जोड दिनु भयो । उहाले सरकारले विधेयक खारेज न गरे यो भन्दा थप कडा आन्दोलनमा उत्रीने चेतावनी समेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्