मौसम अपडेट : पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना

<span class='c1'>मौसम अपडेट : पूर्वका धेरैजसो स्थानमा</span> <span class='c2'>मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना</span>

आज देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

राति देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशको तराईका भू–भागमा र पश्चिमी नेपालमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

दिउँसोपख मध्य भू–भागका केही क्षेत्रबाहेक देशका अन्य भू–भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार देशका पूर्वी र मध्य भू–भागमा सामान्यदेखि पूर्ण बदली रही देशका पश्चिमी भू–भागमा आंशिक बदली रही पूर्वका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४० दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्