सावित्रा भण्डारीले जितिन् वर्षकाे उत्कृष्ट महिला खेलाडी अवार्ड

<span class='c1'>सावित्रा भण्डारीले जितिन् वर्षकाे</span> <span class='c2'>उत्कृष्ट महिला खेलाडी अवार्ड</span>

काठमाण्डाै,१७ असार ।  नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड तथा सावित्रा भण्डारी ‘साम्बा’ले ‘एनएसजेएफ पल्सर वर्ष महिला खेलाडी अवार्ड’ जितेकी छिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ स्पोर्ट्स अवार्ड २०७५ मा सावित्राले वर्ष महिला खेलाडी अवार्ड जितेकी हुन् । सावित्राले मनोनयनमा परेका भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङलाई पछि पारिन् ।

सावित्राको प्रदर्शन यस्ताे थियाे:

–घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सानदार प्रदर्शन ।

–भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान ।

–महिला साफ च्याम्प्यिनसिपमा उपविजेता सहित सर्वाधिक गोलकर्ता बन्न सफल ।

–महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी ।

–प्रधान सेनापति कपमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता ।

–नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका (पहिलो राउन्ड पार) ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्