काठमाडौं,१९ असार। विराटनगरलाई कर्मक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार मिनकुमार नवोदित श्रेष्ठ काठमाडौँमा कविका रूपमा स्रोता दर्शक सामु प्रस्तुत भए ।
सास्कृतिक सस्थानले महिनाको तेस्रो बिहिबार आयोजना गर्दै आएको एकल कबिता वाचनको १५ औं श्रृंखलामा युवा कबि मिनकुमार नबोदित आफ्ना कवितामा खुलेर प्रस्तुत भए।
आमा र जून कविता सहित उनले विभिन्न रसमा लेखिएका १२ वटा कबिता उल्लेख्य पारखीहरूका बीचमा वाचन गरेका थिए ।
बरिष्ठ कवि प्राध्यापक डक्टर तुलसी दिवसको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सासद खेम नेपाली, प्राज्ञ गङ्गा सुबेदीले कवि मिनकुमार काव्यिक व्यक्तित्व र कविताको बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा कवि नबोदितलाइ कवि दिवसले सम्मान पत्रद्वारा सम्मान गर्नु भएको थियो ।