साढे पाँच किलो गाँजासहित ’भारतीय युवक पक्राउ’

<span class='c1'>साढे पाँच किलो गाँजासहित</span> <span class='c2'>’भारतीय युवक पक्राउ’</span>

सिरहा २१ असार । सिरहा नगरपालिका १७ पटेर्वाको कमला बाँधको बाटो हुँदै भारततिर जाँदै गरेका भारतीय युवकलाई साढे पाँच किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको माडरस्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रवहादुर शाहीको नेतृत्वमा रहेको गस्ती टोलीले भारतीय युवक २८ वर्षीय शत्रुधन कुमार सिंहलाई पाँच किलो चार सय ५० ग्राम गाँजासहित शुक्रबार साँझ पक्राउ गरिएको पोष्ट प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीले जानकारी दिए ।


प्रहरी निरीक्षक शाहीका अनुसार बीआर ०१ बीएक्स ४२४९ नम्बरको मोटरसासइकल चढेर भारततर्फ जाँदै गरेका सिंहलाई सिरहा नगरपालिका १७ पटेर्वा्स्थित कमला बाँधमा चेकजाँच गर्दा झोलामा गाँजा भेटिएको हो । भारत बिहारको मधुवनी जिल्ला कोलुअही बलुवा टोल घर भएका सिंहलाई गाँजासहित पक्राउ गरि जिल्ला प्रहरी सिरहामा पठाएको प्रहरी निरीक्षक शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्