देशभर मनसुन सक्रिय, तीन दिन बाढीपहिरोबाट सतर्क रहन मौसमविद्को आग्रह

<span class='c1'>देशभर मनसुन सक्रिय, तीन दिन</span> <span class='c2'>बाढीपहिरोबाट सतर्क रहन मौसमविद्को आग्रह</span>

काठमाडौँ, २३ असार । देशभर मनसुन सक्रिय भएकाले आज (सोमबार) देखि तीन दिन अर्थात् पर्सि (बुधबार) सम्म मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार यो तीन दिन बाढीपहिरो पनि जानसक्ने खतरा रहेकाले जोखिम क्षेत्रका बासिन्दाले होसियारी अपनाउनु आवश्यक छ।

‘मनसुन भित्रेयता पहिलोपटक (आइतबारदेखि) देशभर सक्रिय भएको छ, आगामी तीन दिन देशभर वर्षा हुने सम्भावना छ,’ मौसमविद् रिमालले भने, ‘त्यसकारण यस अवधिभर बाढी तथा पहिरो जानसक्ने क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनु राम्रो हुनेछ।’

उनका अनुसार आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ। ‘देशभर मनसुनी बादल बनेको छ,’ उनले भने, ‘यहीं ठाउँमा भारी वर्षा हुन्छ भनेर भन्न सक्दैनौं, केही ठाउँमा हुन्छ, त्यो जहाँ पनि हुनसक्ने सम्भावना छ।’

यसपटक १० दिन ढिला गरी जुन २० तारिखमा मनसुन नेपाल भित्रिएकाे हाे। त्यसयता पहिलाेपटक हिजाे आइतबारदेखि मनसुन देशभर सक्रिय बनेकाे माैसमिवद् रिमालले बताए।

‘हिजो पनि देशका धेरै ठाउँमा वर्षा भएको छ,’ उनले भने, ‘अब वर्षा हुने क्रम बढ्दै जाने देखिएको छ।’भारतमा रहेको न्यून चापीय रेखा (पानी पार्ने प्रणाली) उत्तर (नेपाल) तर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि तीव्र बनेको मौसमविद् रिमालको भनाइ छ।

‘उक्त रेखा अहिले नेपाल नजिक मात्र भएको छ,’ उनले भने, ‘त्यो रेखा नेपालै भित्रेपछि झन् लगातार ठूलो वर्षा हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्