प्रधानमन्त्रीको बैंक खाता छैन, हातैमा तलब

<span class='c1'>प्रधानमन्त्रीको बैंक खाता</span> <span class='c2'>छैन, हातैमा तलब</span>

प्रधानमन्त्री सुशील कोइरालाको कुनै पनि बैंकमा खाता छैन ।  नयाँ पत्रिका दैनिक लेख्छ आग्रह गर्दा पनि उनले खाता नखोलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले हातमै तलब दिने गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अन्य मन्त्री तथा मातहतका सबै कर्मचारीको तलब बैंकखातामा पठाउने गरेको छ । तर, प्रधानमन्त्री कोइराला र उनका स्वकीय सचिवालयका कर्मचारीको बैंकखाता नआएपछि हातमै तलब दिने गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

बैंकखाता नभएपछि व्यवस्थित रुपमा तलब पठाउन समस्या हुने कार्यालयका एक अधिकारीले बताए ।

ती अधिकारीले भने,-‘प्रधानमन्त्रीसहित स्वकीय सचिवालयका सबै कर्मचारीको खाता भए सीधै बैंकमा तलब पठाउन सकिन्थ्यो । खाता नखोलेपछि सबैको नाममा छुट्टाछुट्टै चेक काटेर दिने गरिएको छ ।’ हाल प्रधानमन्त्री कोइराला र स्वकीय सचिवालयका सबै कर्मचारीको तलबको छुट्टाछुट्टै चेक उनका प्रमुख स्वकीय सचिव वसन्त गौतमले बुझेर सबैलाई दिने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्