सम्बन्धविच्छेद गरेको १७ दिनपछि फेरि पतिपत्नी, युवती भन्छिन्- अब सँगै बाँच्ने सँगै मर्ने !

सम्बन्धविच्छेद गरेको १७ दिनपछि फेरि पतिपत्नी, युवती भन्छिन्- अब सँगै बाँच्ने सँगै मर्ने !

अर्घाखाँची, २६ असार । नेपालीमाझ एउटा उखान निकै प्रचलित छ- लोग्ने स्वास्नीको झगडा परालको आगो। अर्घाखाँचीका एक जोडीले यो लोकोक्ती सत्य सावित गरेका छन्।

उनीहरुले सम्बन्ध विच्छेद गरेको १७ दिनपछि जिल्ला अदालतमा गएर फेरि कोट म्यारिज गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा  प्रेमनारायण आचार्यले लेखेका छन्।

छत्रदेव गाउँपालिका १ का लीलामनी पौडेल र गुल्मीको छत्रकोट गाउँपालिका १ की जमुना पौडेलले असार ५ गते जिल्ला अदालत अर्घाखाँचीबाटै सम्बन्ध विच्छेद गरेका थिए।

आफन्त र दुबैको सल्लाहअनुसार कुरा मिलेपछि सम्बन्धविच्छेद गरेका उनीहरुलाई अदालतमा पुनर्मिलन गराएको हो।

पौडेल दम्पतीका ६ वर्षे छोरा छन्। दुबैका अभिभावकलगायत आफन्तले छोराको मुख हेरेर पनि अलग्गिनु नहुने भन्दै सम्झाएपछि उनीहरुको बिचार फेरिएको हो।

बहकाउमा पारपाचुके गरेको र अहिले फेरि सँगै बाँच्ने सँगै मर्ने बाचा कसमसहित बिहे गरेको जमुनाले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्