छविले शिल्पासँग माफी मागे, कानको जाली फुट्ने गरी पिटेकै हैन ?

<span class='c1'>छविले शिल्पासँग माफी मागे, कानको जाली</span> <span class='c2'>फुट्ने गरी पिटेकै हैन ?</span>

निर्माता छविराज ओझाले नायिका शिल्पा पोखरेलसंग माफी मागेका छन् । शिल्पाले यसअघि आफु श्रीमान्बाट असुरक्षित भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि शिल्पा र छविबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार शिल्पाको सुरक्षामा आँच नपुर्याउने गरी छविले लिखित सम्झौता गरेका छन् ।

त्यसक्रममा छविले शिल्पासँग माफी पनि मागेका थिए । पाखरेलले छविसँग डिभोर्सको माग राखेको बताइए पनि छलफलमा त्यस विषयले प्रवेश पाएन । त्यो विषय उजुरीमा नभएको र व्यक्तिगत कुरा भएकाले प्रहरी कहाँ छलफल नभएको बताइएको छ । छविले शिल्पालाई कानको जाली फुट्ने गरि झापड हानेको भनि संचारमाध्यममा समाचार आए पनि यो कुरा झुटो भएको छविले दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्