देशका अधिकांश स्थानमा भारी वर्षा र एक दुई स्थानमा अति भारि वर्षाको संभावना

<span class='c1'>देशका अधिकांश स्थानमा भारी वर्षा र एक</span> <span class='c2'>दुई स्थानमा अति भारि वर्षाको संभावना</span>

काठमाडौँ , २७ असार ।  देशका अधिकांश स्थानमा शुक्रबार पनि ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् ।

देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी वर्षा र एक दुई स्थानहरुमा अति भारि वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति पनि पूर्ण बदलीको सम्भावना रहेकोले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण विभिन्न जिल्लाका नदी आसपासका क्षेत्रमा बाढी तथा डुवानको खतरा रहने भएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीहरुमा पनि जलसतह एक्कासी बढ्ने तथा केहीमा खतरा तह पार हुने संभावना पनि भएकाले सतर्क रहने आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्