रुकुम पश्चिम, ३१ असार । १७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका एक जनालाई जन्मकैदको फैसला भएको छ ।
छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रुकुमका एक व्यक्तिलाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश आत्मदेव जोशीको एकल इजलासले जन्मकैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार शिवहरि सुवेदीले जानकारी दिनुभयो ।
छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा प्रहरीले गएको ४ चैतमा उनलाई पक्राउ गरेको थियो । बाबुबाट छोरी बलात्कृत भएको भन्दै आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । फैसलासँगै उनलाई जिल्ला कारागार रुकुम पश्चिममा चलान गरिएको बताइएको छ ।