धनगढीमा बिहीबार साँझ भएको विस्फोटमा पाँचजना घाइते, दुईजना विप्लव समूहका भएको पुष्टि

<span class='c1'>धनगढीमा बिहीबार साँझ भएको विस्फोटमा पाँचजना</span> <span class='c2'>घाइते, दुईजना विप्लव समूहका भएको पुष्टि</span>

कैलाली, २ साउन । कैलालीको धनगढीमा बिहीबार साँझ भएको विस्फोटमा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  धनगढीको निलम होटल अगाडि विस्फोटको प्रदेश नम्बर सातका प्रहरी प्रमुख डीआईजी तारणी लम्सालले पुष्टि गरेका हुन् । सिलिण्डर अथवा अन्य बम विस्फोट गराएको भन्‍ने विषयमा पुष्टि भइसकेको छैन ।

उनका अनुसार घटनास्थलबाट एक थान नाइन एमएमको पेस्तोल बरामद गरिएको छ । घाइते पाँचजनाको धनगढीस्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको डीआईजी लम्सालले बताए ।  घटनास्थलमा पेस्तोल भेटिएकोले विप्लव समूहले विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । अहिले सीमा नाका, विभिन्न होटलहरु सर्च अप्रेसन जारी गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको डीआईजी लम्सालले बताए ।

घाइतेमध्ये दुई जना विप्लव समूहकै भएको प्रहरी स्रोतले बताएको छ । घाइते लक्ष्मण सेराला र राम सिंह दुबैजना कञ्‍चनपुरको बेलाडाँडीका भएको खुलेको छ । घाइते हुनेहरूमा राम सिँह- बझाङ (विप्लब समूह),लक्ष्मण सेरला - बेलाैरी ५ कन्चनपुर (विप्लब समूह),माेबिन खान (ठेगाना नखुलेको), जितेन्द्र यादव ( धनगढी ४ बाेराडाँडी), केशवराज पाण्डे - हाेटल मालिक रहेको प्रहरीले जनाएको छ ।

हाम्रो संलग्‍नता छैन : विप्लव समूह

धनगढीमा भएको विस्फोटमा आफ्नो संलग्नता नभएको विप्लव समूहले प्रष्ट पारेको छ । उक्त घटनामा विप्लव समूहका कुनै पनि नेता कार्यकर्ताको संलग्नता नभएको विप्लव समूहका कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्ले बाह्रखरीसँगको कुराकानीमा बताएका छन् ।  उनले भने, "कहीँ विस्फोट तथा आतंक हुँदा सीधै विप्लव समूहको नाम जोड्ने र बदनाम गर्ने सरकारको नीति छ । अनावश्यक आरोपमा विप्लव समूहलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्