युवतीसंग होटलमा बसेका युवा मृत भेटिए, युवती पक्राउ

<span class='c1'>युवतीसंग होटलमा बसेका युवा</span> <span class='c2'>मृत भेटिए, युवती पक्राउ</span>

तुलसीपुर,३ साउन । दाङको तुलसीपुर स्थित घोराही रोडमा रहेको मानसरोवर होटेलमा बास बस्न गएका कोहलपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् । बाँकेको कोहलपुर नगरपालिका वडा नम्वर २ बस्ने अन्दाजी २९ बर्षीय रमेश हमाल होटेलको कोठा भित्र झुन्डिएको अवस्थामा मृत भेटिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । हमाल रुकुमकी एक युवतीसंग विगत तीनदिन देखि होटेलमा बस्दै आएको प्रहरीले बताएको छ ।

विवाहित हमाल तुलसीपुरमा केहि समयदेखि ड्राइभिङ सेन्टर खोलेर बसेको प्रहरीले बताएको छ । अविवाहित युवतिलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । ‘३१ गते देखि दुबैजना होटेलमा बस्दै आएका रहेछन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले भने । ‘गएराति घटनाको जानकारी पाएपछि युवतिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौ । सबै कुरा अनुसन्धानमा भएकाले भन्न मिल्दैन पोष्टमार्टमको रिपोर्ट आएपछि थाहा हुन्छ ।’ मृतको शव राप्ती प्रादेशीक अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्