छोराले बुवाको हत्या गरे, आमा गम्भीर घाइते

<span class='c1'>छोराले बुवाको हत्या गरे,</span> <span class='c2'>आमा गम्भीर घाइते</span>

धनगढी,६ साउन। धारिलो हतियार प्रयोग गरी कैलालीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । आक्रमणबाटै आमा गम्भीर घाइते भएकी छन् ।

घोडाघोडी नगरपालिका–११, सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११ः३० बजे धारिलो हतियार हसिया प्रहार गरी ७५ वर्षीय बावु काल्चे रावतको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

घरायसी विवादमा छोराले आफ्नै बुवा तथा आमामाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धाननाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय, सुखडमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्