घर र गाडी किन्नका लागि दिइने ऋणमा कडाइ

<span class='c1'>घर र गाडी किन्नका</span> <span class='c2'>लागि दिइने ऋणमा कडाइ</span>

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले घर र गाडी किन्नका लागि दिइने ऋणमा कडाइ गर्ने भएको छ । बुधबार जारी मौद्रिक नीतिमा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा कायम गरिने उल्लेख छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार कुनै व्यक्तिको आम्दानीको आधारमा उसले तिर्न सक्ने किस्ता आँकलन गरेर राष्ट्र बैंकले सीमा तोक्ने छ ।

मौद्रिक नीतिमा भएको यो व्यवस्था कार्यान्वयनका लागि चाँडै नै सर्कुलर जारी गरिने उनले जानकारी दिए । घर वा गाडी खरिदका लागि कर्जा दिँदा व्यक्तिले मासिक आम्दानीको कति प्रतिशत किस्ता तिर्न सक्छ, सोही अनुपातमा मात्रै ऋण दिन सकिने प्रवक्ता निरौलाले जानकारी दिए । –कान्तिपुर दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्