काठमाडौं, १० साउन । अव्यवस्थित जीवनशैली र अस्वस्थ खानपानले नसर्ने रोग बढ्दै गएको छ ।
मृत्यु हुने नेपालीमध्ये दुई तिहाईको नसर्ने रोगका कारण ज्यान जाने गरेको पाइएको छ । स्वास्थ्य अनुसन्धान परिषदले बिहीबार सार्वजनिक गरेको ‘नेपालमा नसर्ने रोगको बोझ ः ठोस कदमको आवश्यकता’ प्रतिवेदनमा नसर्ने रोगको अवस्था भयावह रहेको औंल्याइएको छ ।
अध्ययनमा मृत्युको मुख्य कारणमा सर्नेभन्दा नसर्ने रोग बढी भएको उल्लेख छ । रोगबाट अकालमा ज्यान गुमाउनेमध्ये झण्डै ६६ प्रतिशतको मृत्यु नसर्ने रोगबाट हुने प्रतिवेदनमा उल्लेख छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट