काठमाडौं, ११ साउन । साउन महिना भगवानको पूजा अर्चना गरेर उनलाई प्रसन्न गर्ने कोशिश भक्तहरूले गर्छन् । यस पावन महिनामा धर्तीमा चारैतिर हरियाली देखिन्छ । भोलेबाबाका भक्तहरूले हरियो रंगको कपडा लगाएर पूजा गर्छन् । महिलाहरूले हातमा हरियो चुरा लगाउने गर्छन् । के हो त यस महिनामा हरियो रंगको महत्त्व ?
ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक हो । हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ ।
विवाहित महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो । अनि हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ । बुध ग्रहको असर व्यक्तिको करीयर र व्यवसायमा सीधै पर्छ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुन्छ ।
भगवान् शिव योगी हुनुहुन्छ । योगी भएका कारण उहाँलाई प्रकृतिको सुन्दरताका बीच रहेर ध्यानमा बस्न एकदमै मन पर्छ । हरियो रंग लगाउँदा महादेव प्रसन्न हुनुहुन्छ । त्यसैले महिलाहरू साउन महिनामा हरियो मेहन्दी र हरियो चुरा लगाउने गर्छन् ।