साढे पाँच किलो चाँदीसहित एक पक्राउ

<span class='c1'>साढे पाँच किलो</span> <span class='c2'>चाँदीसहित एक पक्राउ</span>

नेपालगञ्‍ज,१३ साउन  । बाँके प्रहरीले ठूलो मात्रामा चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । भारतबाट गहनाका रुपमा थोरैथोरै गरी नेपालगञ्ज ल्याइएको चाँदी बर्दिया लैजाने क्रममा पक्राउ गरिएको हो।

नेपालगञ्जको टाँगा स्टेशन नजिकबाट घुमुवा प्रहरीले चाँदी र मान्छेलाई नियन्त्रणमा लिएको थियो।चाँदीका गहनासहित सुभाष गुप्ता पक्राउ परेका छन्।

नेपालगञ्जको देवाफूलबारीमा कोठा लिई बसेका गुप्ता पाँच किलो ४ सय ९५ ग्राम चाँदीका गहना लिएर बर्दिया जान निस्किने बेलामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

बाँके प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले चाँदीसहित एकजनालाई पक्राउ गरिएको जानकारी दिए। यसअघिका घटनाले पनि नेपालबाट चाँदी लिएर जाने र भारतबाट गहना बनाएर ल्याउने गरेको पाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्