गुँला पर्व आज मनाइदै , दुई दशकपछि दुर्लभ नेकू बाजा प्रयोगमा

<span class='c1'>गुँला पर्व आज मनाइदै , दुई</span> <span class='c2'>दशकपछि दुर्लभ नेकू बाजा प्रयोगमा</span>

भक्तपुर, साउन १७ । भक्तपुरको मध्यपुरथिमिमा करिब दुई दशकपछि दुर्लभ नेकू बाजा प्रयोगमा ल्याइएको छ ।

गुँला पर्वको प्रत्येक बिहान एक महिनासम्म चैत्य, बौद्धविहार परिक्रमा गर्नमा दुर्लभ मौलिक बाजाकारुपमा नेकू प्रयोगमा ल्याइएको हो ।

जंगली अर्नाको सिङबाट बनाइएको नेकूसँगै भेडाको सिङबाट निर्माण गरिएको चति तथा बाजालाई पनि सम्मिलित गराइएको छ ।

लामो अवधिसम्म प्राविधिक कारणले बन्द भएको मौलिक बाजालाई स्थानीय जनप्रतिनिधिको पहलमा पुनः प्रयोगमा ल्याइएको हो ।

नेपाल संवत् तिथिअनुसार गुँलाथ्व प्रतिपदादेखि ञलाथ्व प्रतिपदासम्म एक महिना धरतीमातालाई आह्वान गर्दै अरु बाजा पनि बजाइन्छ ।

त्यसमध्ये पस्ता बाजा, प्वङा, नेकू, पछिमा, धलक, ध्यमायेचा, नायेखिं, कोखिं, धाः, नगरा, डबडब, भुस्या, ख्वालीमाली आदि बाजाको पनि पृथक महत्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्