विराटनगर १८ मा नर्सरीको गाडीले १३ बर्षिय बालकलाई जानी – जानी ठक्कर दिएको भन्दै सडक अवरुद्ध

<span class='c1'>विराटनगर १८ मा नर्सरीको गाडीले १३ बर्षिय बालकलाई</span> <span class='c2'>जानी – जानी ठक्कर दिएको भन्दै सडक अवरुद्ध</span>

प्रेम देवान
विराटनगर २० साउन । नर्सरीको विरुवा बोकेको पिकअप गाडीले एक बालकलाई ठक्कर दिएको भन्दै विराटनगर १८ मा सडक अवरुद्ध गरी विरोध प्रर्दशन गरेका छन् ।


विराटनगर १८ का हर्सियाल साहका १३ बर्षिय छोरा अभिषेक कुमार साहलाई लावाघाट स्थित आईपी जाने बाटोमा आईतबार बेलुकी पिकअप भ्यानले ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो ।
यसैविच स्थानियवासीले ठक्कर दिने चालकलाई कडा कारवाहीको माग गर्दै सो सडक खण्ड टायर र ढुङाा राखेर अवरुद्ध पारेका थिए । ठक्करदिने को २ च १९९७ नम्बरको पिकअप भ्यान र विराटनगर १३ का ३४ बर्षिय चालक राजि अन्सारीलाई रानी प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने गाडीले बाटोमा हिडिरहेका बालकलाई पटकपटक ब्याक गरेर घाइते बनाएको घाईते बालककी दिदि विना कुमारी साहले बताईन् ।
घाइते बालक स्थानिय जनता बाल आधारभुत विद्यालयमा कक्षा ५ मा पढ्दै आएका थिए । बालकलाई किच्याएको आरोप लगाउदै पीडितका आफ्न्तले नियतबश मार्न खोज्ने चालकलाई कडा कारवाही गर्नुपर्ने माग राखेर सोमबार दिनभर प्रर्दशन गरे । उनिहरुले आइसिपी जाने बाटोबाट आधा किलोमिटर उत्तरतर्फ सोमबार बिहान ८ बजेदेखि सांझ ४ बजेसम्म सडकमा टायर बालेर धर्नादिंदै सडक अवरुद्ध गरेका थिए ।
सडक अवरुद्ध गरेपछि पुगेको प्रहरी टोली र पीडित पक्षबीच भएको वार्तापछि सांझ ४ बजेपछि सो सडकबाट आवागमन खुलाइएको थियो । घाइते बालकको उपचारमा तत्कालकालागि सबैपक्षले सम्पुर्ण ध्यान केन्द्रीत गर्ने सहमति भएपछि सडकको अवरोध हटेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । घाईते बालकको अवस्था चिन्ताजन रहेको पीडित पक्षले जानकारी दिएका छन् । उनलाई नोबेल अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्