४१ हजार नक्कली नोटसहित १५ वर्षीय किशोर पक्राउ

<span class='c1'>४१ हजार नक्कली नोटसहित</span> <span class='c2'>१५ वर्षीय किशोर पक्राउ</span>

उदयपुर, २२ साउन । ४१ हजार नेपाली नक्कली नोटसहित एक व्यक्ति पक्राउ परेका छन्। उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाइबाट बुधबार ४१ हजार नक्कली नोटसहित सिवाई बजारको नैनादेवी चौधरी र पर्वत गुप्ताको पसलमा दैनिक उपभोग्य वस्तु खरिद गर्ने क्रममा सोही स्थानका १५ वर्षे किशोर पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार नक्कली जस्तो देखिएपछि पसलेले प्रहरीलाई खबर गरी १५ वर्षीय अनिल मियाँलाई पक्राउ गरेको हो। ‘प्रहरीले हजारको नोटसहित मियालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ,’ उनले भने। पक्राउ परेका किशोरलाई इलाक प्रहरी कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ। नक्कली नोटसहित पक्राउ परेका किशोर सोही स्थानका स्थानीय हुन्। नक्कली नेपाली रुपैयाँ कहाँबाट, कसरी आएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्