मौसम : चट्याङको खतरा कायमै, आकस्मिक बाढी पनि आउन सक्ने

<span class='c1'>मौसम : चट्याङको खतरा कायमै,</span> <span class='c2'>आकस्मिक बाढी पनि आउन सक्ने</span>

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको जनाएको छ  । महाशाखाले केही बेरअघि जारी गरेको बुलेटिनमा पश्चिमका तराई र पहाडी भूभागमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा गराउने प्रणाली सक्रिय भइ दाङ, कपिलवस्तु तथा यसका आसपासका स्थानहरुमा मेघ गर्जनसहित वर्षा झन् सक्रिय हुँदै गएको जनाइएको छ ।

आगामी बुधबारसम्म मौसम सामान्यतया बदली रहने जनाउँदै मौसम पूर्वानुमान महाशाखाले अबका २४ घण्टामा मेघगर्जन र चट्याङ्गबाट जोगिन सबैमा आग्रह गरेको छ ।

महाशाखाले देशको पश्चिम तथा मध्य भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र त्यसले चुरेबाट बहने खोलाहरुमा आकस्मिक नदीको वहावमा बृद्धि हुन सक्ने साथै सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले ती भूभागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
उता बाढी पूर्वानुमान महाशाखाले केही बेरअघि जारी गरेको बुलेटिनमा आज पश्चिम राप्ती र बबईमा वहाव बढ्ने जनाइएको छ ।

त्यसैगरी, आज तनहुँ, चितवन, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङ्ग, रुपन्देही, कपिलवस्तु, दाङ्ग, रोल्पा, सल्यान भइ बहने नदीमा आकस्मिक वहाव हुन सक्ने भएकोले सतर्कता अपनाउन तथा प्रदेश ५ को चुरे र तराई भूभागको राजमार्गमा साना खोला पार गर्दा सतर्क रहन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्