पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका एक प्रहरीमाथि दुर्व्यवहार गरे

<span class='c1'>पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा</span> <span class='c2'>रहेका एक प्रहरीमाथि दुर्व्यवहार गरे</span>

काठमाडौं । पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका एक प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । उनले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा पनि आएको छ । थाइल्यान्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेका कोमल शाहलाई बिदाइ गर्न पुगेका पारसले आफ्ना छोरा र भाञ्जालाई प्रहरीले अपमान गरेको भन्दै प्रहरीमाथि दुर्व्यवहार गरेका थिए ।

पारस शाहले विमानस्थलको सुरक्षामा रहेका असइलाई पारस शाहले धकेलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । आइतबार दिउँसो २ बजे त्यस्तो भएको बताए । विमानस्थल प्रहरीका डीआईजी सूर्य उपाध्यायका अनुसार आफूहरुले पनि भिडियो फुटेज हेरिरहेको जानकारी दिए ।
भिडियो फुटेजमा पारस शाहले असइको छातिमा धकेलेको स्पष्ट देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्