चिकित्सकको परामर्शअनुसार प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार फेरि सिङ्गापुर जाने

<span class='c1'>चिकित्सकको परामर्शअनुसार प्रधानमन्त्री केपी शर्मा</span> <span class='c2'>ओली बिहीबार फेरि सिङ्गापुर जाने</span>

काठमाडौँ, भदौ ४ गते । चिकित्सकको परामर्शअनुसार प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार फेरि सिङ्गापुर जाने हुनुभएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले उपचारको सिलसिलामा सिङ्गापुर जान लाग्नुभएको जानकारी दिनुभयो ।
केही दिनअघि भएको स्वास्थ्य परीक्षणपछि उतै बसेर पुनः परीक्षण गराउनुपर्ने भए पनि लामो समय बाहिर बस्दा देशभित्रका काममा अवरोध आउने भएकाले बीचमै प्रधानमन्त्री फर्कनुभएको भट्टराईले प्रस्ट्याउनुभयो ।

“चिकित्सकले हाम्रो अवलोकनमा रहनुपर्छ भनेकाले खाइरहेको औषधिको उपादेयता बुझ्न पनि जानुपर्ने भएको हो,” उहाँले भन्नुभयो । मिर्गाैला फेर्नुभएका प्रधानमन्त्रीको स्वास्थ्य निरन्तर परीक्षण गर्नुुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्