जिल्ला प्रशासन कार्यालयको भवन अपांग मैत्री नभएको सेवाग्राहीलको गुनासो

<span class='c1'>जिल्ला प्रशासन कार्यालयको भवन अपांग</span> <span class='c2'>मैत्री नभएको सेवाग्राहीलको गुनासो</span>

बिराटनगर,मङ्सिर ०५ : जिल्ला प्रशासन कार्यालय मोरङको भवन अपांग मैत्री नभएको सेवाग्राहीले गुनासो गरेका छन ।
सेवाग्राहिले सो कार्यालयको सेवाप्रवाह झंझटिलो र सेवाग्राहिमुखि नभएको गुनासो समेत गरेका छन । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सो कार्यालय परिसरमा आयोजना गरेको सेवाग्राहीको गुनासो सुन्ने एकदिने एडभोकसी कार्यक्रममा सेवाग्राहीले यस्तो गुनासो दर्ता गराएका हुन । नागरीक सरोकार मञ्च विराटनगरको सहभागितामा भएको कार्यक्रममा सेवा लिन जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहिको गुनासो र सुझाव संकलन गरिएको छ । कार्यक्रम माझ ४० जना सेवाग्राहीले गुनासो र सुझाव दिएका छन । सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय मोरङको भवन अपाङ मैत्री नभएको, परिसर भित्रै संचालित पसलहरुले टिकट र फोटो कपीको मुल्य बढी लिने गरेको, सेवा सञ्चालन प्रक्रिया झंझटिलो भएको, महिलाहरुका लागि समुचित शौचायलयको व्यवस्था नभएको लगायतका सुझाव र गुनासो दर्ता गराएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत किशोरचन्द्र उपाध्यायले जानकारी दिनुभयो । संकलित सुझाव र गुनासोहरु आजै प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई सुनाइएको छ । संकलित सबै सुझावलाई लिपिबद्ध गरेर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिने आयोजक संस्थाले जनाएको छ । दर्ता भएका गुनासो र सुझाव सुनेपछि प्रमुख जिल्ला अधिकारी कार्कीले आफ्नो कार्यालय मातहतका गुनासो र सुझावहरुलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सरकारी कार्यालहरुमा दिइने सेवा सुबिधालाई सेवाग्राहिमुखि बनाउन सन २०१२ देखि मोबाइल एलाक कार्यक्रम संचालन गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्