प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

<span class='c1'>प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका</span> <span class='c2'>लागि सिंगापुर प्रस्थान</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि थाई एयरवेजको जहाजबाट सिंगापुर प्रस्थान गरेका छन् । उनी भदौ २० गते स्वदेश फर्किने तालिका छ । प्रधानमन्त्री ओली हालैमात्र फलोअप उपचारका लागि सिंगापुर गएकोमा १० दिन त्यहाँ बसेर स्वदेश फर्किएका थिए ।

उनी स्वदेश फर्किएपछि संसदको बैठकलाई सम्बोधन गर्नुका साथै संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकपनि बोलाएका थिए । यस्तै लामो समयदेखि थाती रहेको पार्टीको जिम्मेवारी बाँडफाँडसमेत उनले यही छोटो समयमा टुंग्याएका छन् । यसैगरी विगतको द्वन्द्वकालीन घटनालाई टुंग्याउनको लागि सत्य निरुपण आयोग र बेपत्ता आयोगमा पदाधिकारी छनोटको विषयमा पनि उनले प्रमुख विपक्षी नेपाली कांग्रेससँग सहमति लिएर प्रक्रिया टुंग्याउने प्रयास गरेका छन् ।

प्रधानमन्त्री लामो समयदेखि मृगौलाका बिरामी हुन् । उनको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । कामको धपेडीको कारण देखाउँदै उनको निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचको लागि सिंगापुर जान आग्रह गरे बमोजिम उनी पहिला त्यसतर्फ गएकोमा अहिले फेरि गएका हुन् ।  प्रधानमन्त्री राति १–२ बजे सम्म विभिन्न काममा व्यस्त हुने र बिहान पनि सबेरै उठ्ने भएकोले धपेडीका कारण उनलाई समश्या पर्न सक्ने चिकित्सक टोलीले यसअघि बताएको बताइँदै आएको छ । अघिल्लो पटक  सिंगापुर जानुभन्दा एक साता अघि उनको छाउनी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्