द्वन्द भएको एक दसक वितिसक्दा समेत पीडित परिवारले राहत नपाएको पीडित परिवारको गुनासो

<span class='c1'>द्वन्द भएको एक दसक वितिसक्दा समेत पीडित</span> <span class='c2'>परिवारले राहत नपाएको पीडित परिवारको गुनासो</span>

बिराटनगर,मङ्सिर ०५ : द्वन्द भएको एक दसक वितिसक्दा समेत पीडित परिवारले राहत पाउन नसकेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन ।
बेपत्ता समाज परिवार र आइसीटिजेले आज विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागि पीडित परिवार र सरोकारवालाले सो गुनासो गरेका हुन । कार्यक्रममा बोल्दै पीडित पविारका उदयकुमार साहले वेपत्ता परिवारका सदस्यहरु आन्तरिक राहत कार्यक्रममा समावेश हुन नसकेको गुनासो गर्नुभयो । द्वन्द्वकालमा छोरा गुमाउनु भएका भीम बहादुर राउतले भने सत्य निरुपन तथा बेपत्ता आयोग अविलम्ब बन्नुपर्ने माग गर्नुभयो । यस्तै बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष रुपेश साहले द्वन्द्वकाल बितेको १० बर्ष वित्न लाग्दा पनि अपराधीहरुले सजाय नपाएको, पीडितहरुको व्यवस्थापन नभएको र न्याय कहिले पाउने आशा मर्न थालेकाले यस विषयमा अविलम्ब ठोस कदम चाल्न आग्रह गर्नुभयो ।
द्धन्दकालमा मुलुकभर १३ सय ४७ जना वेपता भएको साहले बताउनुभयो । सो अवसरमा आयोजक आइसिटीजेले द्वन्द्वको अवधिमा मानवअधिकार ज्यादतिका पीडितहरुको परिपुरणीय न्याय सम्बन्धी आवश्यकता र आकाङ्क्षाहरुको बिषयमा एक प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदनमा मुलुकको उदयपुर,सिरहा,धनुषा,काभ्रे,बाग्लुङ्ग,कपिलवस्तु,रोल्पा,जुम्ला,बर्दिया र कञ्चनपुर जिल्लाका ४१० जना पीडितका साथै सरकारी तथा गैरसरकारी निकायका ५५ प्रतिनिधिहरुसमेत गरी ४६५ जनाको वस्तुस्थितिमा आधारित धारणा समावेश गरिएको छ । कार्यक्रम आयोजक संस्था आइसिटीजेका कार्यक्रम अधिकृत निराजन थपलियाले पीडितहरुका दीर्घकालीन तथा अल्पकालीन आवश्यकतालाई परिपूर्ति गर्नका लागि राज्यपक्षलाई अग्रसर हुनुपर्ने उल्लेख गर्दे द्वन्द्वकालको १४ हजार २०१ पीडित तथा पीडित परिवारबीच सरकारबाट रु तीन लाखका दरले रु तीन अर्ब बरावरको रकम वितरण भएपनि कतिपयले अहिलेसम्म पूर्णरुपले राहत रकम पाउन नसकेको जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्