चितवनमा झडप हुँदा डिएसपीसहित पाँच प्रहरी घाइते

<span class='c1'>चितवनमा झडप हुँदा डिएसपीसहित</span> <span class='c2'>पाँच प्रहरी घाइते</span>

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ।

झडपमा परि डिएसपी एकनारायण कोइरालासहित पाँच प्रहरी घाइते भएका छन्। कोइरालाको खुट्टामा चोट लागेको छ। घाइतेहरु मध्ये केहीकाे भरतपुर अस्पतालमा उपचार भइरहेकाे छ।

प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न केही सेल अश्रुग्याँससमेत प्रहार गरेको छ।

रविलाई जिल्ला अदालतबाट प्रहरी हिरासत भित्र ल्याइसकेपछि प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोड्न खोज्दा झडप भएको हो। रवि लामिछानेको रिहाईको माग गर्दै चिवतनमा हरेक दिन प्रदर्शन हुँदै आएको छ।

पत्रकार पुडासैनी प्रकरणमा प्रहरीले रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौँबाट पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्